वीरगंज, ०७ बैशाख ।
वीरगंज महानगरपालिकाले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालाई स्वागत एवं सम्मान गरेको छ ।
मन्त्री भएपछि गृहजिल्ला आउनुभएका रिजाललाई वीरगंज महानगरका मेयर राजेशमान सिंहले बिहीबार आफ्नै कार्यकक्षमा स्वागत तथा सम्मान गर्नु भएको हो ।
सो अवसरमा मेयर सिंहले वीरगंजको लाइफलाइनको रुपमा रहेको सिर्सिया नदीमा उद्योगबाट भइरहेको प्रदुषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
वीरगंजमा नयाँ औद्योगिक क्षेत्रको विकास तथा उद्योग ग्राम स्थापनाको काम हुनेमा आफू विश्वस्त रहेको भन्दै मेयर सिंहले यहाका औद्योगिक समस्या समाधान तर्फ मन्त्री रिजालको ध्यानाकर्षण गराउनु भयो ।
मेयर सिंहले बजेट अभावमा नागरिकमुखी योजनाहरु कार्यान्वयनमा लैजान कठिन भएकाले त्यसमा पनि आवश्यक साथ र समन्वय गरिदिन आग्रह गर्नुभयो ।
मेयर सिंहद्वारा प्रस्तुत विषय बस्तु बारे मन्त्री रिजालले सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागी महानगरले गरिरहेको प्रयास सह्रानीय रहेको भन्दै त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उहाले धेरै वर्ष पहिले आमाले पनि यो नदीमा छठका बेला पुजा गर्नुभएको मलाई सम्झना छ, अहिले त नदीको पानी धेरै कालो देखिन्छ, गन्हाने पनि भएको छ, यसलाई स्वच्छ बनाउन महानगरले गरिरहेको प्रयास राम्रो छ, मन्त्रालयबाट मैले गर्नु पर्ने सहयोग गर्न म तयार छु भन्नु भयो ।
मन्त्री रिजालले उद्योग ग्राम निर्माणका लागि आफूले सकेको पहल गर्ने र एक पटक मन्त्रालयमा आउन निम्ता दिंदै सचिवहरुसंगै राखेर आवश्यक व्यवस्था मिलाउन लगाउने बताउनुभयो ।
सम्मान कार्यक्रममा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, विभिन्न वडाका वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
Facebook Comments Box