सहारा दैनिक

spot_img
Homeखेलकूदआइसिसि विश्वकप लिग २ का उत्कृष्ट खेलाडि शेषद्वयलाई नागरिक अभिनन्दन

आइसिसि विश्वकप लिग २ का उत्कृष्ट खेलाडि शेषद्वयलाई नागरिक अभिनन्दन

वीरगंज, १७ चैत्र ।
आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगंजका दुई खेलाडीलाई नागरिक अभिन्दन गरिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई वीरगंज महानगरपालिकाले शुक्रबार सांझ एक कार्यक्रमको आयोजना गरी वीरगंज वासीको तर्फबाट नागरिक अभिनन्दन गरेको हो ।
नागरिक अभिनन्दनसंगै महानगरले यसअघि घोषणा गरे अनुसार शेख दाजुभाईलाई एक–एक थान यमहा एफजेडएफआइ मोटरसाइकल पनि प्रदान गरेको छ ।
आदर्शनगर स्थित पुरानोबसपार्क परिसरमा आयोजित कार्यक्रममा वीरगंजका मेयर राजेशमान सिंहले दुवै जना खेलाडीलाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गरेर सम्मानित गर्दै दुवै जनालाई मोटरसाइकलको साँचो हस्तान्तरण गर्नु भयो ।
वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली निवासी आरिफ राष्ट्रिय टिमको ब्याट्सम्यान हुन् भने आसिफ ब्याट्सम्यान तथा विकेट किपर हुन् । २ चैतमा काठमाडौंमा भएको आइसिसि विश्वकप लिग २ को निर्णायक खेलमा शेख दाजुभाईले उत्कृष्ट प्रदर्शन गरेकै कारण नेपाल आइसीसी विश्वकप क्वालिफायरमा छनौट हुन सफल भएको थियो ।
कार्यक्रममा शेख दाजुभाईलाइ वीरगंज वासीको तर्फबाट नागरिक अभिनन्दन गर्दै मेयर सिंहले वीरगंज निवासी दुवै खेलाडीको थप हौसला र उर्जा बढाउन महानगरले नागरिक अभिनन्दन गरेको बताउनु भयो ।
कार्यक्रममा महानगरपालिकाका उप मेयर इम्तियाज आलमले दुवै खेलाडीको क्षमता र प्रतिभालाई अझ उचाइमा पु¥याउनका लागि उनिहरुमा हौसला र उर्जा थप्न वीरगंज महानगरपालिका सदैव तयार रहेको बताउनु भयो ।
उक्त अवसरमा इरानमा सम्पन्न १९ वर्ष मुनिको वल्र्ड कबड्डी च्याम्पियनसिपमा नेपाललाई तेश्रो स्थानमा पुरयाउन सफल राष्ट्रिय कबड्डी टिमका सदस्यद्वय वीरगंज निवासी दिपेन्द्र यादव र सागर यादवलाई पनि सम्मानित गरिएको छ । कार्यक्रममा मेयर सिंहले यादवद्वयलाई दोशल्ला र कदरपत्रले सम्मानित गर्दै व्याक्तिगत तर्फबाट दुवै जनालाई जनही रु. २१÷२१ हजार प्रदान गर्नु भयो ।
वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा वडाअध्यक्षहरुका साथै वीरगंजवासीको सहभागिता थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -