वीरगंज, १७ चैत्र ।
वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् वरिष्ठ उद्योगपति बाबुलाल अग्रवालले वीरगंज तथा यस क्षेत्रले राष्ट्रिय राजस्वमा पु¥याइरहेको योगदानको सापेक्षमा सरकारबाट यस क्षेत्रको समस्या सामाधान हुन नसकेको बताउनु भएको छ ।
वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण एवम् पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व अध्यक्ष अग्रवालले सरकारबाट जुन घनत्वका साथ यस क्षेत्रको समस्या समाधान गर्नु पर्ने हो सो हुन नसकेको बताउनु भएको हो ।
उहाले नेपालकै ठूलो औद्योगिक कोरिडोरको रुपमा रहेको वीरगंज–पथलैया औद्योगिक कोरिडोरलाई भौतिक सुुविधा सम्पन्न बनाउने काम आजसम्म हुन नसकेको तर्फ दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि रहनु भएका अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, बैंक तथा वित्तीय संस्थाको भूमिका, उद्योग व्यापारको अवस्थालाई तत्काल राहत प्रदान गर्ने गरी राज्यका नीति नियम र प्रबद्र्धनात्मक कार्यक्रमहरु शीघ्र घोषणा हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवालले आफ्नो २ वर्षे अध्यक्षीय कार्यकालमा अघि सार्ने योजना तथा नीतिहरु प्रस्तुत गर्नु भयो ।
उहाले उद्योग, व्यापार, व्यवसाय, कर, राजस्व, भंसार, स्थानीय विकास, बैंक तथा वित्तीय संस्थासंग सम्बन्धित समस्याहरुको समाधानको लागि प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, गभर्नर लगायतका सम्बद्ध निकायहरुसंग बसेर छलफल तथा समस्या समाधानको लागि पहल गरिने बताउनु भयो ।
सो अवसरमा उहाले सीमाञ्चल क्षेत्रमा अवस्थित रहेका उद्योग वाणिज्य संघहरुले भोग्नु परिरहेका व्यवहारिक तथा नीतिगत समस्याहरुको पहिचान गरी सोको समाधानका लागि संघको नेतृत्वमा सिमाञ्चल क्षेत्रका उद्योग वाणिज्य संघहरुको वृहत भेलाको आयोजन गरी समाधानका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुमा पहल गर्ने योजना रहेको बताउनुभयो ।
उहाले वीरगंज भंसार, आईसिपी, आईसिडीको भौतिक पूर्वाधारमा सुधार, आईसिपी, आईसिडी परिसरभित्र आयातकर्ताहरुले भोग्नु परिरहेको व्यवहारिक कठिनाई, सेवाग्राहीहरुबाट यदाकदा आइरहेका विभिन्न गुनासाहरुको उचित समाधानका लागि सम्बन्धित पक्षसंग छलफल गरी निराकरणका लागि पहल गर्ने बताउदै उद्योग, व्यापार, व्यवसायको विकासमा बैंक तथा वित्तीय संस्थाहरुको सकारात्मक भूमिका भए पनि पछिल्लो दिनहरुमा बैंकहरुको भूमिका र नेपाल राष्ट्र बैंकको नीति र एक पछि अर्को जारी भइरहेको निर्देशिकाका कारण उद्योग, व्यापार, व्यवसाय संकटग्रस्त हुन पुगेको प्रति गम्भीर रहेको बताउनु भयो ।
त्यसै गरी उहाले सेजको सफल संचालन, औद्योगिक सुरक्षा बल, वीरगंजमा ऋऋत्ख् को संचालनका लागि कोषको व्यवस्था, आयकर छुटको सीमामा समयानुकूल परिमार्जन हुनुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, सांसद प्रभु हजरा, वीणा जयसवाल, नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह लगायतले सुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा कार्र्यसमिति सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत बालमकुन्द खरेलले प्रमाणपत्र वितरण गर्नुका साथै शपथग्रहण गराउनुु भएको थियो ।
Facebook Comments Box