सहारा दैनिक

spot_img
Homeदेशमधेशमधेश प्रदेशका मुख्यमन्त्रीलाई सहयोग गर्नः जसपाद्वारा परामर्श समिति गठन

मधेश प्रदेशका मुख्यमन्त्रीलाई सहयोग गर्नः जसपाद्वारा परामर्श समिति गठन

वीरगंज, १० फाल्गुन ।
मधेश प्रदेशका मुख्यमन्त्रीलाई सहयोग गर्न जनता समाजवादी पार्टीले परामर्श समिति गठन गरेको छ ।
जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेश सरकारका मुख्य मन्त्रीलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा गोवीन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन् भने मुख्यमन्त्री सरोजकुमार यादवले समितिको सचिव भई कार्य गर्ने छन् ।
समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समय–समयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वयको कार्य गर्ने जसपाले जनाएको छ ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयनका लागी जसपाले मातहत समितिलाई बुधबार परिपत्र गरेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -