वीरगंज, १० फाल्गुन ।
भन्सार छली गरी ल्याउदै गरेको अवस्थामा पर्सा प्रहरीले विभिन्न किसिमका लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ ईनर्वागाउ स्थित सडकखण्डबाट भन्सार छली गरी ल्याइएको लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।
अवैध रूपमा भन्सार छली ल्याइएको सर्ट, पाईन्ट तथा सर्टिङ सुटिङका थान कपडाहरू ना.७ ख ७९७७ नम्बरको मालवाहक ट्रकको चालक बस्ने क्यावीनको सिटमुनी फल्स बटम बनाएर लुकाइ छिपाई अन्यत्र स्थानमा लिइ जांदै गरेको अवस्थामा सोमवार फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उक्त ट्रकलाई नियन्त्रणमा लिई बरामद गरिएका रू.१ लाख ७ हजार ८ सय मुल्य बराबरको कपडा र ट्रकको रू.२० लाख मुल्यांकन गरी कपडा तथा ट्रक आवश्यक कारवाहीको लागी बुधवार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी विभिन्न स्थानहरूबाट भन्सार छली नेपाल भित्राउन लागेको अवस्थामा जिप्रकाबाट खटिएको चेकिङ टोलीले नियन्त्रणमा लिइएको रू.४ लाख ४७ हजार ८ सय ७० बराबरको खाद्यान्न, विभिन्न किसिमका लत्ताकपडा र हार्डवेयर पार्टसका सामानहरू पनि बुधवार आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box