वीरगंज, ०५ माघ ।
मधेस आन्दोलनका शहिदहरुको सम्झनामा बिहिवार बलिदानी दिवस मनाइएको छ ।
जनता समाजवादी पार्टीले बिहीबार विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाएका छन ।
जसपा नेतृत्वका सरकार रहेको मधेश प्रदेशमा बिहिवार बलिदानी दिवसकै अवसरमा सार्वजनिक विदा समेत दिइएको छ ।
बलिदानी दिवसको अवसरमा वीरगंज स्थित घण्टाघर चोक नजिक रहेको मधेसी सहिद पार्कमा जनता समाजवादी पार्टी पर्साका नेता तथा कार्यकर्ताले शहिदका शालिकमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
कार्यक्रममा सहभागीहरुले मधेस आन्दोलन र मधेसी शहिदहरुकै त्याग र बलिदानीका कारण मधेसीले पहिचान, संघीयता, समावेशीता लगायतका अधिकार पाउन सफल भएको बताएका छन ।
उनीहरुले अझै पनि मधेस आन्दोलनका केही मुद्दा सम्बोधन हुन बांकी नै रहेकाले आफुहरुको संघर्ष जारी नै रहेको बताए ।
जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य प्रमोद जयसवाल प्रमुख आतिथी रहेका थिए ।
कार्यक्रममा जसपाका केन्द्रिय परिषद सदस्य शिवजी सोनी, जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, जिल्ला सचिव तबरेज अहमद, युवा नेता सरोज यादव, अमित यादव, सफ्रोज आलम, विद्यार्थी नेताहरु एजाजबाबु रान्की, हरेन्द्र साह, सागिर आलम, नैमोदिन आलम लगायतको सहभागीता रहेको थियो ।
त्यसै गरी जसपाका नेताहरुले पोखरीया नगरपालिका अन्तरगत सहिद चन्दन पटेलको शालीकमा फुलमाला अर्पण गरि बलिदानी दिवस मनाएका छन ।
जसपा पोखरिया नगर समितिले आयोजना गरेको श्रद्धाञ्जली सभाको क्रममा सहिद चन्दन पटेलको शालीकमा माल्यापर्ण गरिएको छ ।
जसपा पोखरिया नगर समितिका अध्यक्ष राजु साहको सभापतित्वमा आयोजित सभामा वक्ताहरुले मधेस आन्दोलन र मधेसी शहिदको बलिदानीबाट नै संघीयता, समावेशीता जस्ता राजनीतिक उपलब्धिहरु प्राप्त भएकाले शहिदको त्याग र आहूतीलाई भुल्न नहुनेमा जोड दिएका छन ।
कार्यक्रममा जसपाकी केन्द्रिय सदस्य नेतृ सल्मा खातुन, जसपाका केन्द्रीय सल्लाहकार खलील मिया, शहिद चन्दन पटेलका काका मनोज पटेल, जसपाका क्षेत्रीय अध्यक्ष पवन कुमार सिंह, नेतृ डा.मधु गुप्ता लगायतका नेता÷कार्यकर्ताको पनि सहभागीता थियो ।
Facebook Comments Box