वीरगंज, १ कार्तिक ।
यहि मंसिर ४ गते हुने निर्वाचन अन्तर्गत पर्सा निर्वाचन क्षेत्र नं. ३ (ख) मा पनि विभिन्न दलबाट उम्मेदवारी दिएका उम्मेदवारहरूले चुनावी अभियान र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।
नेता अर्थात् उम्मेदवारहरूको चुनावी अभियान अन्तर्गतको घरदैलो अभियानस“गै उनीहरूको बिगतदेखि वर्तमान र भविष्यसम्मको कृयाकलापबारे आम मतदाताहरूको बीचमा चर्चा चल्न थालेको छ ।
दलहरूबीच भएको गठबन्धनपश्चात नेताहरूको उम्मेदवारी परे पनि जनतामाझ कुन पार्टीका कुन उम्मेदवार कत्तिको लोकप्रिय छन्, त्यसले नै चुनावमा बिजयी हासिल गर्न सक्ने अनुमानकाबीच पर्सा निर्वाचन क्षेत्र नं. ३ ‘ख’ मा नेकपा एस बाट प्रल्हाद गिरीले उम्मेदवारी दिएका छन् भने नेपाली का“ग्रेसले जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीलाई र जसपाबाट डा. मधु गुप्ताले उम्मेदवारी दिएर चुनावी मैदानमा हाम फालेका छन् ।
यी उम्मेदवारहरूबारे सो क्षेत्रका मतदाताहरू चोक, सभा, चिया गफलगायतमा विभिन्न मत र बहसबीच चर्चा गर्न थालेका छन् ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर भ्रष्टाचार काण्ड र आप्mना निर्माण कम्पनी मार्फत देशलाई क्षति पु¥याएका हरिनारायण रौनियारले यसपालीको चुनावमा जनमत आप्mनो विरुद्धमा आउन सक्ने संकेत पाएर आप्mनी छोरी डा. मधु गुप्तालाई उम्मेदवारको रुपमा खडा गरेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले नेता प्रल्हाद गिरीलाई प्रदेश सभा सदस्यको उम्मेदवार तोकेर पठाएको छ । त्यस्तै नेपाली का“ग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्री जिल्ला विकास समितिका पूर्व सभापति भएर पर्सेली जनतामाझ लोकप्रियता कमाएका व्यक्ति भएकोले का“ग्रेसले प्रदेशसभा सदस्य आप्mनो पोल्टामा आउने विश्वासका साथ क्षेत्रीलाई उम्मेदवार बनाएको चर्चा क्षेत्र ३ ‘ख’का मतदाताहरूले गरिरहेको पाइएको छ ।
सो क्षेत्रका मतदाताहरूले पप्पु कन्स्ट्रक्सनका पूर्व मालिक निलम्बित सांसद हरिनारायणको भ्रष्टाचारले सीमा नाघेको, आफूले पाएको ठेक्का पट्टाको काम समेत इमान्दारी पूर्वक गर्न नसकेर बदनाम भएपछि छोरीलाई अगाडी सारेपनि विश्वास गर्ने पात्र नरहेको भनि चर्चा गर्न थालेका छन् ।
स्थानीय मतदाताहरूको भलाकुसारी र बहसकै आधारमा सो क्षेत्रबाट कसले बाजी मार्लान् र प्रदेश सभा सदस्यमा निर्वाचित होलान् भन्ने अनुमान अहिले नै लगाउन नसकिए पनि प्रल्हाद गिरी र जनार्दन सिंह क्षेत्रबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।