वीरगंज, ३१ असोज ।
चुनावी गतिविधीलाई तिब्रता दिंदै नेकपा एमाले र जसपाका नेताहरुले संयुक्त घरदैलो कार्यक्रम गरेका छन ।
पर्सा जिल्ला क्षेत्र नं. १ को (क) मा जसपा–एमाले गठबन्धनका उम्मेदवारहरुले मतदाताको घरदैलोमा पुगेर दुवै दलका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।
पर्सा क्षेत्र नं. १ मा प्रतिनिधीसभा सदस्यमा जसपाका उम्मेदवार पूर्वमन्त्री प्रदीप यादव र १ को (क) का प्रदेशसभा सदस्यको एमालेका उम्मेदवार विचारी यादवले सोमबार वीरगंज महानगरको ग्रामणि भेगका विभिन्न वडामा चुनावी रोड शो गरेका हुन ।
प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवको नेतृत्वमा वीरगंज महानगरपालिकाका वडा नं. १८, २०, २२ र २३ मा रोड शो गरिएको जसपाका युवा नेता निखिल बर्णवालले जानकारी दिनु भयो ।
वीमनपा वडा नं. १८ भवानीपुरबाट शुरु गरिएको रोड शो सौराहा, इनरवा, वडा नं. २० को हरपतगंज, अपौनी, वडा नं. २२ को मनियारी, जगरनाथपुर , वडा नं. २३ को सबैठवा हुदै प्रसौनीमा पुगेर समापन गरिएको बर्णवालले जानकारी दिनु भयो ।
रोड शोका क्रममा स्थानीय मतदातासँग कुरा गर्दै जसपाबाट प्रतिनिधीसभाका उम्मेदवार एवम् पूर्वमन्त्री प्रदीप यादवले मंसिर ४ को निर्वाचनमा जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको बताइएको छ ।
Facebook Comments Box