वीरगंज, २९ असोज ।
सत्ता पक्षीय गठबन्धनका उम्मेदवारहरुलाई जिताउन एकजुट भएर लाग्ने नेपाल प्रेस युनियन पर्साले प्रतिबद्धता जनाएको छ ।
शनिबार वीरगंजमा आयोजित नेपाली कांग्रेस पर्साका उम्मेदवार र प्रेस युनियन पर्साको भेलामा प्रेस युनियन आबद्ध पत्रकारहरुले यस्तो प्रतिबद्धता जनाएका हुन ।
भेलामा सहभागी पत्रकारहरुले लोकतन्त्रको रक्षाका लागि सक्रिय रुपमा लागेका कांग्रेसी उम्मेदवारहरुलाई विजयी बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका छन ।
भेलामा सहभागी पर्सा जिल्लाका कांग्रेसी उम्मेदवार र अगुवा नेताहरुले आसन्न निर्वाचनमा प्रेस युनिययनको भूमीका महत्वपूर्ण भएकाले कांग्रेसका उम्मेदवारको पक्षमा दृढ भएर लाग्न आग्रह गरेका छन ।
भेलामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल ,जिल्ला सभापति एंव पर्सा क्षेत्र नं. ३ (ख)का प्रदेशसभा सदस्य उम्मेदवार जनार्दन सिंह क्षेत्री, जिल्ला उपसभापति एंव पर्सा क्ष्ँेत्र नं. १ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मी , संविधानसभा सदस्य अनिल रुंगटा , जिल्ला सचिव एवं वीरगंज महानगरका उपमेयर इम्तियाज आलम , जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त यादव, पर्सा क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, नेताहरु राकेश सिंह, राजु गुप्ता , अनिल सिंह, किरण सरकारका साथै प्रैस युनियनका अग्रज एवं वरिष्ठ पत्रकार दिपेन्द्र चौहान, प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी, जिल्ला अध्यक्ष रामनारायण कुर्मी लगायतको सहभागीता रहेको थियो ।
Facebook Comments Box