सहारा दैनिक

spot_img
Homeदेशमधेशजनताले मुल्यांकन गर्ने बेला आयो–यादव

जनताले मुल्यांकन गर्ने बेला आयो–यादव

वीरगंज, २९ असोज ।
पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले जनताले मूल्यांकन गर्ने बेला आइसकेको बताउनु भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी प्रचार प्रसारमा सकृय जनता समाजवादी पार्टीका नेता यादवले शनिबार वीरगंज महानगरपालिका वडा नं. १६मा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
कार्यक्रममा पुर्व मन्त्री समेत रहेका नेता यादवले पर्सा १ मा यसअघि जितेका पा“च जना सांसद्ले कति विकास गरे अनि विगत पा“च बर्षमा मैले कति काम गरे त्यो सबैका सामु छर्ल· नै छ, अब यसको मूल्यांकन तपाईहरुले गरिदिनु होला भन्नु भयो ।
यहि क्षेत्रले विगतमा प्रधानमन्त्रीसमेत पाएपनि उनि जितेर गइसकेपछि क्षेत्रमा एकपटक पनि फर्केर नआएको दृष्टान्त दिनुहुंदै नेता यादवले म जनताको सेवक हुं, जिते पनि हारे पनि जनताकै दुःखसुखमा साथ दिंदै आएको छु र दिरहने छु भन्नु भयो ।
कार्यक्रममा यादवले आफुले गरेका कामका बारेमा मतदातालाई बुझाउन कार्यकर्तासंग आग्रह गर्दै हुन त जनतालाई सबै थाहा छ, को नेता कस्तो छ, जितेर कसले कती काम गरेको छ, तैपनि चुनाव भएकाले जनता माझ आफना कामहरुका बारे सन्देश लिएर पुग्नै पर्छ भन्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -