सहारा दैनिक

spot_img
Homeदेशमधेशमधेस प्रदेशका मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा

मधेस प्रदेशका मुख्यन्यायाधिवक्ताद्वारा राजीनामा

जनकपुरधाम, १८ भदौ (रासस)ः

मधेस प्रदेशका मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई उहाँले आज आफ्नो राजीनामा पत्र बुझाउनुभएको हो । निर्वाचनको तयारीमा जुट्नुपर्ने भएकाले पदबाट राजीनामा दिइएको र जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेको मुख्य न्यायाधिवक्ता झाले बताउनुभयो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहनुभएका झालाई आजै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको जनाइएको छ । मधेस प्रदेश सरकार गठन भएदेखि प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको पदमा उहाँ कार्यरत रहँदै आउनुभएको थियो ।

 

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -