वीरगंज, १८ भदौ ।
भारत सरकारको अनुदान सहयोगमा रुपन्देही जिल्लामा निर्माण भएको विद्यालय परियोजनाको उदघाटन भएको छ ।
नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृह मन्त्री बालकृष्ण खाणले शनिवार रुपन्देही जिल्लामा विद्यालय परियोजनाको संयुक्त रुपमा उदघाटन गर्नु भयो ।
यस परियोजनामा रुपन्देही जिल्लाको रोहिणी गाउपालिका, धकधईमा अवस्थित श्री राम नरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय तथा प्रयोगशाला भवन रहेका छन् ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ने.रु.२.०९ करोडको लागतमा जिल्ला समन्वय समिति रुपन्देहीले उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा यस परियोजनाको कार्यान्वयन गरेको भारतीय दुतावासले जनाएको छ ।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “क्ष्लमष्ब२ठछ आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा संचालन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।
सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये रुपन्देही जिल्लाका १२ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेको दुतावासले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
भारत र नेपाल बीच बहुआयमिक एवम् बहुपक्षीय विकास साझेदारी रहेकोे छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी परियोजनाहरुको कार्यान्वयनले नेपालमा सामाजिक–आर्थिक पूर्वाधार अझ बलियो बनाउन तथा सामुदायिक तहमा व्यक्तिको विकासमा योगदान पु¥याउन भारत सरकारले निरन्तर पुर्याउदै आएको सहयोगलाई प्रतिबिम्बित गर्दछ विज्ञप्तीमा लेखिएको छ ।
भारतीय अनुदानमा निर्मित विद्यायलय प्ररियोजनाको उदघाटन
Facebook Comments Box