वीरगंज, ०९ भदौ ।
पर्सा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी इनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले विभिन्न लागु औषध सहित एक जनालाई पक्राउ गरेको हो ।
सूचनाको अधारमा प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा हिंडिरेको मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा.वडा नं.८ को २५ वर्षीय मञ्जिल लामिछानेलाई रोकेर जाँच गर्दा खुट्टामा टेपले बेरेर राखिएको अवस्थामा डाईजेपाम–४१ एम्पुल,नुरफिन–४१ एम्पुल र फेनारगन–४१ एम्पुल फेला परेको जिप्रकाले जनाएको छ ।
लागु औषध फेला परे पछि निजलाइ नियन्त्रणमा लिइ पर्सा जिल्ला अदालतबाट लागु औषध सम्बन्धी कसूरमा म्याद लिइ थप अनुसन्धान भैरहेको जिप्रकाले जनाएको छ ।
लागु औषध सहित एक पक्राउ
Facebook Comments Box