वीरगंज, ०९ भदौ ।
जिल्ला प्रशासन कार्यालय पर्साले नागरिकताको प्रतिलिपि विहान ७ बजे देखि नै वितरण गर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेलले एक सुचना जारी गरी भदौ १० गते देखि विहान ७ बजे देखि नै नागरिकताको प्रतिलिपि वितरण गर्ने जनाएको हो ।
जारी सुचनामा सेवाग्राहीको संख्या बढेको र समयमै प्रतिलिपि नागरिकता प्राप्त गर्न नसकेको भनी गुनासो बढ्दै गएकोले व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालयमा भदौ ९ गते सम्म अनुसुची फारम पेस गरेको तर प्रतिलिपि नागरिकता प्राप्त गर्न नसकेका सेवाग्राहीहरुलाई भदौ १० गते देखि १६ गते सम्म सार्वजनिक विदाको दिन बाहेक ७ बजे देखि १० बजे सम्म प्रतिलिपि नागरिकता सम्बन्धी सेवा प्रवाहको व्यवस्था मिलाइएको उल्लेख छ ।
अब नागरिकताको प्रतिलिपि विहान ७ बजे देखि
Facebook Comments Box