वीरगंज, १३ साउन ।
शनिवार अप्रहन्न आएको समान्य वर्षा संगै वीरगंज महानगरपालिका जलमग्न बनेको छ ।
महानगर अन्तरगतका मुख्य नालाहरुको सरसफाइ नहुंदा वीरगंज जलमग्न भएको हो ।
शनिवारको वर्षाले जिल्ला प्रशासन कार्यालय पर्सा अगाडीको सडक पुणर््ँ रुपले डुवानमा परेको थियो भने वीरगंजको मुख्य व्यापारिक केन्द्र आदर्शनगरको सडक समेत डुवानमा परेको छ ।
त्यस्तै वीरगंज महानगरको सुगम वडाको रुपमा रहेको वडा नं. ७ स्थित रामटोलमा त सडक डुवानमा पर्नुको साथै घर–घरमा डेढ देखि दुई फिट सम्म पानी प्रवेश गरेको दृश्यहरु देख्न पाइएको छ ।
समान्य वर्षा संगै वीरगंज महानगर डुवानमा (फोटो फिचर)
Facebook Comments Box