वीरगंज, १३ साउन ।
मधेश प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. ३२ स्थित परसवा देखि रामवन सम्म निर्माण हुने सडकको शिलान्यास गरिएको छ ।
प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात पूर्वाधार निर्देशनालयको अन्तरगत पूर्वाधार विकास कार्यालय पर्साद्वारा निर्माण हुने सडकको शनिबार एक कार्यक्रम विच शिलान्यास गरिएको हो ।
पर्सा क्षेत्र नं.१ (क) का प्रदेश सभा सदस्य जन्नत अन्सारीले निर्माण हुने उक्त सडकको शिलान्यास गर्नुभएको हो ।
एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत ५ कि.मी. लामो सडक निर्माण हुने जनाइएको छ ।
वीरगंज महानगरपालिका वडा नं. ३२ का वडा अध्यक्ष रेयाज मियाको सभापतित्वमा आयोजित शिलान्यास कार्यक्रमा पप्पु कन्ट्रक्सनका निर्देशक सुमीत रौनियार, वडा सदस्य इर्साद अंसारी लगायत स्थानीय बासीहरुको सहभागीता रहेको थियो ।
Facebook Comments Box
सम्बन्धित खबर