सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ जेठ ।
हुण्डीको रकम सहित कारोबारमा सलंग्न एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१५ बाईपास स्थित सडकखण्ड बसपार्कबाट हुण्डीको रकम सहित एक जनालाई पक्राउ गरेको हो ।
बस पार्कबाट प्रतिमा चोकतर्फ संकाष्पद रुपमा पैदल हिडी जांदै गरेको भारत बिहार राज्य पुर्वीचम्पारण रक्सौल वडा नं. २० टुम्हरियाटोल बस्ने बर्ष २९ को बबलु राज रौनियारलाई रोकेर खानतलासी गर्दा निजले पछाडी पिठ्युमा बोकेको ब्याग भित्र लुकाई ल्याएको स्रोत नखुलेको नेपाली रु.१००० दरको नोट ४१५ थान रु.४ लाख १५ हजार, नेपाली रु.५०० दरको नोट ३४० थान रु.१ लाख ७० हजार, नेपाली रु.५० दरको नोट १०० थान रु. ५० हजार गरी रु ५ लाख ९० हजार बरामद भएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
रकम सहित नियन्त्रणमा लिइएको रौनियार विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको प्रनाउ भारतीले जानकारी दिनु भयो ।
हुण्डीको रकम सहित रौनियार पक्राउ
Facebook Comments Box