सहारा दैनिक

spot_img
Homeसमाचारभारतीय राजदूतावासद्वारा वृक्षा रोपण कार्यक्रम आयोजना

भारतीय राजदूतावासद्वारा वृक्षा रोपण कार्यक्रम आयोजना

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ जेठ ।
भारतीय राजदूतावास काठमाण्डौंले विश्व वातावरण दिवसको अवसरमा वृक्षा रोपण कार्यक्रम गरेको छ ।
भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासागको सहकार्यमा आयोजना गरेको एक कार्यक्रम विच १५० वृक्ष रोपण गरेको हो ।
विश्व वातावरण दिवसको अवसरमा ललितपुर महानगरपालिका वार्ड नं १ स्थित संकटा पुल, चारधाम मन्दिर परिसर नजिकै आयोजना गरिएको विशेष वृक्षारोपण कार्यक्रममा नेपाल सरकारका वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडी, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी रहेका थिए ।
कार्यक्रममा सहभागीहरुले वातावरणको संरक्षण र जर्गेना हेतु साझा प्रतिबद्घतामा विशेष जोड दिइएका छन ।
सो अवसरमा भारतीय राजदूत श्रीवास्तवले वातावरण संरक्षणको महत्वबारे जनचेतना फैलाउन र आउदो पुस्ताका लागि वातावरणको रक्षा गर्ने बारे व्यक्तिगत तथा सामूहिक प्रयासलाई प्रोत्साहित गर्न विशेष कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -