सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ जेठ ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले सार्वजनिक गरेको सदस्यता नामावली प्रति पर्साका ४ पत्रकार संगठनले आपत्ति जनाएका छन् ।
प्रेस चौतारी पर्सा, प्रेस युनियन पर्सा, समाजवादी प्रेस संगठन पर्सा र प्रेस मंञ्च नेपालले मंगलबार संयुक्त प्रेस विज्ञप्ती जारी गरी चोर बाटोबाट सार्वजनिक गरिएको नामावली प्रति आपत्ति जनाएका हुन ।
यी संगठनहरुले प्रेस विज्ञप्ती मार्फत महासंघले चोर बाटोबाट सार्वजनिक गरेको सदस्यता नामावली प्रति ध्यानाकर्षण भएको जनाउदै सदस्यता नमावली सच्याउान माग गरेका छन ।
नेपाल पत्रकार महासंघ पर्सा जिल्ला शाखाले सर्वसम्मत रुपमा प्रदेश समिति मार्फत केन्द्रलाई सिफारिस गरेको नामावली विपरित चोर बाटोबाट पटक–पटक सार्वजनिक गरिएका सदस्यता नामावली प्रति आपती जनाउादै जिल्ला शाखाको सिफारिस विपरित केन्द्रीय समितिले सार्वजनिक गरेको नामावलीमा गैर पत्रकार समेत समावेश गरी ल्याइएको चार संगठनहरुको ठहर रहेको विज्ञप्तीमा जनाएका छन् ।
विधानतः शाखा र प्रदेशबाट सिफारिस नै नभएका व्यक्तिको नाम समेत आश्चर्य चकित रुपमा केन्द्रले थपेर महासंघको गरीमा समेत घटाएको तथा पर्सामा सिफारिस विपरित कुनै पनि नाम उल्लेख गरी आएमा सो नामावली स्वीकार्य नहुने विज्ञप्ती मार्फत जनाएको छ ।
संगठनहरुले महासंघ विधि विधानसम्मत चल्दै आएको संस्थाका रुपमा स्थापित रहेको हुंदा कुनै व्यक्ति वा संस्थाको प्रभावमा प्रकृया मिचेर नाम थपघट गर्ने कार्यको छानविन गरी उचित कारवाहीको माग समेत गरेको छ ।
नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रिय साधारण सभाबाट पारित सदस्यता शुद्धिकरण अभियानमा हामी पूर्ण प्रतिवद्ध रहेका भन्दै संगठनहरुले विधि विपरितको नामावली नसच्चिएसम्म पर्सामा निर्वाचनको कुनै प्रकृया अगाडी नबढाउने साथै निर्वाचन नहुंदा सृजित हरेक अवस्थाको जिम्मेवार स्वयम् केन्द्रिय समिति नै हुने विज्ञप्ती मार्फत चेतावनी समेत दिएको छ ।
विज्ञप्तीमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष विजय भण्डारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन र प्रेस मञ्चका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।
यसअघि नै समाजवादी प्रेस संगठ नेपाल पर्साले नेपाल पत्रकार महासंघ पर्सा शाखामा गरेको तालावन्दी यथावत रहेको छ ।
पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता नामावली प्रति आपत्ति
Facebook Comments Box