सहारा दैनिक

spot_img
Homeअर्थसाढे १४ लाख भन्दा बढिको भन्सार छलिका सामान बरामद

साढे १४ लाख भन्दा बढिको भन्सार छलिका सामान बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ जेठ ।
सशस्त्र प्रहरी बल पर्साले साढे १४ लाख भन्दा बढिको भन्सार छलिका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलिले शिवम स्टिल प्रा.ली.को गोदाममा भण्डारन गरिएको रु. ७ लाख ५९ हजार ६ सय ५० मुल्य बराबरको कपडा, ल्यापटप तथा अन्य सामानहरु बरामद गरेको जनाइएको छ ।
बिषेश सुचनाको आधारमा खटिएको संयुक्त टोलीले शिवम स्टिल प्रा.ली.को गोदाममा अबैध रुपमा भण्डारण गरी राखेको कपडा, ल्यापटप तथा अन्य सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
त्यसै गरी प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले भन्सार ईलाकाबाट भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मूल्य रु.४ लाख बराबरको कपडा र वीमनपा वडा नं. २५ सिर्सिया ईलाकाबाट ना ५३ प ९३६३ नम्बरको मोसामा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै गरेको मूल्य रु.३ लाख १० हजार बराबरको थानको कपडा र मोसा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको पनि सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -