सहारा दैनिक

spot_img
Homeदेशमधेशलागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २१ जेठ ।
बारा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
लागुऔषध गाँजा सम्बन्धी मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बारा मातहतका अस्थाई प्रहरी पोष्ट ईनर्वासिराबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
लागुऔषध गाँजा सम्बन्धी मुद्दामा २ वर्ष ६ महिना कैद र २० हजार जरिवानाको फैसला पश्चात फरार रहेको बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १९ ईनर्वासिरा बस्ने ४५ वर्षीय मोजाहिर मिया र ४८ वर्षीय रुस्तम मन्सुरीलाई पक्राउ गरिएको जिप्रका बाराले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई आदेश कार्यान्वयनका लागी जिल्ला अदालत बारामा दाखिला गरिएको जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -