सहारा दैनिक

spot_img
Homeसमाचारसडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश

सडकमा स्वयम्सेवक खटाउने निर्देशन कार्यान्वयन नगर्न आदेश

काठमाडौँ, २० जेठ (रासस)
सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई ट्राफिक स्वयम्सेवकका रूपमा सडकमा खटाउने निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको उक्त निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । सडकमा ट्राफिक स्वयम्सेवक खटाउने गृहमन्त्रीको निर्देशनविरुद्ध कृष्ण विक, आकाश भट्टलगायत सातजनाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
यही जेठ १५ गते गृहमन्त्री लामिछानेले सडकमा ट्राफिक नियम उल्लंघन गर्नेलार्ई स्वयम्सेवकका रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -