सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारमधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

जनकपुर, १७ जेठ (रासस)
मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।
आज नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनमत पार्टीको संयुक्त बैठकले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरेको माओवादी केन्द्रका नेता भरतप्रसाद साहले जानकारी दिनुभयो ।
सहमतिमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ । सरकारमा यी तीन दलसँगै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी हुने सहमतिपत्रमा उल्लेख छ ।
एक सय सात सदस्यीय प्रदेशसभामा एमालेका सभामुखबाहेक २४, जनमत पार्टीका १३, माओवादी केन्द्रका नौ, लोकतान्त्रिक समाजवादी पार्टीका आठ र एकीकृत समाजवादीका सात सांसद् छन् ।
गत वैशाख ३० गते एमाले र माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा हुनुहुन्छ । यही जेठ २१ गतेदेखि प्रदेशसभाको अधिवेशन आहृवान गरिएको छ । साथै मुख्यमन्त्री यादवले यही जेठ २३ गते प्रदेशसभामा विश्वासको मत लिने तयारीमा हुनुहुन्छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -