सहारा दैनिक

spot_img
Homeदेशबागमतीकार दुर्घटनामा तीनजनाको मृत्यु

कार दुर्घटनामा तीनजनाको मृत्यु

मकवानपुर, १७ जेठ (रासस)
मकवानपुरको भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत भीमफेदी गाउँपालिका ६ जुरिखेतमा कार दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुईजना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा६च ९३७९ नम्बरको कार बुधबार राति अनियन्त्रित भई सडकबाट दुई सय ५० मिटर तल खोल्सामा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा परेर कार चालक काठमाडौँको चन्द्रागिरि नगरपालिका १ दहचोकका ६१ वर्षीय सानु परियार, मकवानपुरको मनहरी गाउँपालिका ८ बेलुवाका २५ वर्षीय अर्जुन नेपाली र उनकी तीन महिनाकी छोरी अजिताको मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार उक्त दुर्घटनामा घाइते भएकी मनहरी गाउँपालिका ८ बेलुवाकी २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका १ लोथरकी ३५ वर्षीया सानोकान्छी तामाङको मकवानपुरको सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -