सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ जेठ ।
आम जनता पार्टी पर्साको जेठ १६ गते हुने भेलाको तयारी पुरा भएको जनाएको छ ।
आजपा पर्साले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी जेठ १६ गते बुधवार हुने भेलाको तयारी पुरा भएको जनाएको हो ।
आजपा पर्साका इन्चार्ज महम्मद कदम रसुलको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका नेता बाबुराम कौसिकले पर्सा जिल्लाको विरासतलाई रक्षा एवं विकास गर्दै यहां रहेका उद्योग कलकारखाना, व्यापार, सुख्खाबन्दरगाहलाई थप उचाइमा पुर्याइ समग्र देशको अर्थतन्त्र तथा रोजगारीको क्षेत्रमा महत्वपुर्ण योगदान गर्न वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउन संकल्पका साथ भेला आयोजना गर्न लागिएको बताउनु भयो ।
Facebook Comments Box