सहारा दैनिक

spot_img
Homeदेशमधेशचेक अनादर मुद्दामा अग्रवाललाई ७ दिने म्याद जारी

चेक अनादर मुद्दामा अग्रवाललाई ७ दिने म्याद जारी

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ जेठ ।
पोप्स फुड प्रोडक्टका संचालक अशोक अग्रवाललाई चेक अनादर मुद्दामा एक वर्ष कैद सजाय भएको छ ।
ललितपुर जिल्ला लमनपा वडा नं. ३ स्थित सि.जि. एग्रो प्रोढक्ट प्रा.लि.को तर्फबाट दिएको चेक अनादर मुद्दामा अग्रवाललाई विगो वापतको रकम वा एक वर्ष कैद हुने भएको हो ।
जिल्ला अदालत पर्साबाट २०८० साल माघ १६ गते जारी भएको आदेश पत्रमा “सि.जि. एग्रो प्रा.लि.को तर्फबाट अख्तियार प्राप्त संजय ठाकुर समेतको र प्रतिवादी तपाइ भएको चेक अनादर मुद्दामा बादीले फैसलानुसार विगो रकम भरी भराउ गर्ने तपाइको नाउमा जेथा सम्पति नहुंदा विगो वापत रु. १ वर्ष कैदमा राखी पाउ भनी परेको निवेदन पक्र कारवाहीको त्रममा इजलास समक्ष पेश हुंदा २०८० माघ १२ गतेमा इजलासबाट प्रतिवादीको नाउमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को उपदफा ७ बमोजिम ७ दिने म्याद दिनु भनी आदेश भएको हुंदा यो तपाइका नाउमा ७ दिने म्याद जारी गरी पठाइएको उल्लेख छ ।
सो पत्रमा प्रस्तुत म्याद तपाईले पाए वा घर दैलोमा टांस गरिएको मितिले ७ दिन भित्र वादीको फैसलानुसारको सावां व्याज समेत रु. ५ लाख १९ हजार १ सय १८ सोको कानुन बमोजिम व्याज समेत लिइ यस अदालतमा दाखिल गर्न आउनु होला । नआए म्याद गुजारे प्रस्तुत विगो मुद्दा वापत १ वर्ष कैदको कावराहीको लागी इजलास समक्ष पेश भइ कानुन बमोजिम हुने उल्लेख छ ।
पत्र २०८० माघ १६ गते जारी भएपनि अग्रवालले शनिवार मात्र बुझेको उनी निकट श्रोतले जनाएको छ ।
अग्रवाल आफ्ना पिता स्व. मेरचन्द अग्रवालको मान प्रतिस्ठाको आडमा आफ्ना छोराहरुलाई अगाडि सारेर नेपाल तथा भारतका दर्जनौ उद्योगी व्यवसायीहरुबाट उधारो मालसामान तथा नगद समेत सापटि लिएर नदिने नियत सहित बहाना वाजी गर्ने गरेको कारण नै दर्जनौ लेनदेनका मुद्दा झेलिरहेका छन भने सि.जि. एग्रोले दिएको मुद्दामा उनलाई विगो रकम दाखिल गर्नु पर्ने अन्यथा कैद बस्नु पर्ने आदेश भएको बताइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -