सहारा दैनिक

spot_img
Homeअर्थसशस्त्र प्रहरी बलद्वारा कपडा लोड ट्रक नियन्त्रण

सशस्त्र प्रहरी बलद्वारा कपडा लोड ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ जेठ ।
सशस्त्र प्रहरी बल पर्साले कपडा लोड रहेको एक ट्रक नियन्त्रणमा लिएको छ ।
सशसत्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौंबाट खटिएको मोवाईल टोलीले कपडा लोड रहेको ना ८ ख ४६४६ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
सशस्त्रको मोवाईल टोलीले वीरगंज महानगरपालिका वडा नं. २५ स्थित चन्डालचोकबाट उक्त ट्रकमा लोड रहेको कपडा लगायत सामानको बिलविजक उल्लेख भए भन्दा बढी मालसामान भएको आशंकामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
नियन्त्रणमा लिएको ट्रकमा लोड रहेको कपडाको भ्याट बाहेक १८ लाख ३३ हजार ९ सय ९३ मुल्यांकन गरी आवस्यक कारवाहीको लागि ट्रक सहित शुक्रवार राजश्रुव अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाईएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -