काठमाडौँ, ११ जेठ (रासस)
नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा “केपी १” “केपी २” “केपी ३” र “केपी ४” पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो । तीमध्ये १२ जनामा “केपी १”, १७ जनामा “केपी २”, एक जनामा “केपी ३” र एक जनामा “केपी ४” दखिएको उहाँले जानकारी दिनुभयो । “यो नयाँ भेरियन्ट होइन । ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट हो । यसलाई नयाँ नाम मात्र दिइएको हो”, उहाँले भन्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले “केपी” प्रजातिको भेरियन्ट सङ्क्रामक नभएको बताउनुभयो । “केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन । यसको प्रभाव खासै छैन”, उहाँले भन्नुभयो । बयालीस वटा परीक्षणमा फ्रयोगशालाका ओमिक्रोन (जेएन १) सात जनामा ओमित्रोन (बीए २), दुई जनामा देखिएको छ ।
नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि
Facebook Comments Box