सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ जेठ ।
सामाजिक सञ्जाल (फेसबुक) मा चरित्र हत्या गर्ने गरी समाग्री सम्प्रेशन गरेको आरोमा रन्जित चौरसिया विरुद्ध पक्राउ आदेश जारी भएको छ ।
पत्रकार हरिशंकर शर्मा सहितका ५ जनाले चौरसिया विरुद्ध दिएको साइबर अपराध अन्तरगतको जाहेरीको आधारमा पर्सा जिल्ला अदालतले चौरसियालाई पक्राउ गर्न आदेश जारी गरेको हो ।
वीरगंज टाइम्सका संचालक समेत रहेका पत्रकार शर्मासहित पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, शिक्षाकर्मी अजित चौरसिया, रन्जित पंडित र अरुण कुशवाहाले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको साइबर अपराध अन्तर्गत संयुक्त जाहेरीको आधारमा अदालतबाट पक्राउ आदेस जारी भएको प्रहरीले जनाएको छ ।
पर्सा जिल्ला अदालतले मंगलबार सांझ चौरसियालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अदालतले चौरसियालाई पक्राउ गर्न आदेश दिएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेलले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन समेत दिइसकेको बताउनु भयो ।
चौरसियाले पत्रकारिताको आवरणमा बेला बखत विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्दै आएका छन् ।आफ्नो स्वार्थ पुरा गर्न चौरसियाले शिक्षाकर्मी, व्यवसायी, पत्रकार एवं प्रहरीलाई आर्थिक लाभ नपाएपछि धम्काउने धम्काउने गरेको जाहेरी गर्दा एक पिडितले बताएका छन ।
जुनसुकै क्षेक्रमा आबद्ध व्यत्तिहरुबाट आर्थिक लाभ नपाए पछि विभिन्न अनलाइनमा आधारहीन, भ्रामक समाचारहरु प्रकाशन गर्ने र त्यतिले पनि स्वार्थ पुरा नभए सामाजिक सञ्जाल (फेसबुक)मा चरित्र हत्या गर्ने गरी सामग्री सम्प्रेशन गर्ने गरेको आरोप चौरसिया उपर छ ।
सोही क्रममा पोखरिया नगरपालिकाबाट आर्थिक लाभ लिने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव, शिक्षाकर्मी चौरसिया, पण्डित र कुश दैनिकका संचालक समेत रहेका अरुण कुशवाहाको चरित्र हत्या हुने गरी अवांछित सामग्री फेसबुकमा पोष्ट गरेको पिडितहरुले बताएका छन ।
चौरसियाको गतिविधिबाट आजित भई पोखरिया नपाका प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवले जिल्ला अदालत पर्सामा गाली बेइज्जती मुद्दा दिएका थिए ।
सोही मुद्दा सम्बन्धि समाचार लेखेकै आधारमा वीरगंज टाइम्सका संचालक पत्रकार शर्माको चरित्र हत्या गरेको शर्माले बताए ।
चौरसियाले जे पाए त्यही पोष्ट गरेर चरित्र हत्या गरेको भन्दै निज विरुद्ध पाँचै जनाले जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा साइबर अपराध सम्बन्धी जाहेरी दिएपछि जिल्ला अदालत पर्साले चौरसिया विरुद्ध पक्राउ आदेश जारी गरेको हो । रञ्जित चौरसिया विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box