सहारा दैनिक

spot_img
Homeदेशबागमतीकाभ्रेपलाञ्चोकमा दम्पती मृत फेला

काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला

धुलिखेल, ९ जेठ (रासस)
काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नाकाभ्रेपलाञ्चोकमा दम्पती मृत फेलायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उहाँकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ आफ्नै घरमा मंगलबार मृत फेला परेका हुन् । मानबहादुर घरको पसलमा तथा केकाइमाया भान्छा कोठामा मृत फेला परेका उहाँले बताउनुभयो ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पठाइएको र अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -