सहारा दैनिक

spot_img
Homeसमाचारराप्रपाद्वारा मोटरसाइकल र्‍याली

राप्रपाद्वारा मोटरसाइकल र्‍याली

काठमाडौँ, ८ जेठ (रासस)
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारलाई बुझाइएको ४० बुँदे मागको कार्यान्वयनमा दबाब दिने उद्देश्यले काठमाडौँसहित मुलुकका विभिन्न भागमा आज मोटरसाइकल र्‍याली गरेको छ ।
पार्टीमा प्रशिक्षण र युवा परिचालन कार्यक्रमअन्तर्गत देशभरका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा आज मोटरसाइकल र्‍याली गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । काठमाडौँमा बबरमहलबाट सुरु भएको र्‍याली नगरपरिक्रममा पछि दरबारमार्गमा पुगेर समापन भएको थियो ।
सो र्‍यालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेता र कार्यकर्ता सहभागी हुनुभएको थियो । मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र दुई तहको सरकारको शासकीय प्रणालीसहित विभिन्न विषयमा ४० बुँदे माग गत फागुन ९ गते सरकारलाई मागपत्र बुझाइएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -