सहारा दैनिक

spot_img
Homeदेशमधेशएक करोड ३९ लाख बराबरको सामानहरु सहित २ ट्रक नियन्त्रण

एक करोड ३९ लाख बराबरको सामानहरु सहित २ ट्रक नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ जेठ ।
एक करोड उन्नचालीस लाख तेह्र हजार चार सय वयालीस बराबरको सामानहरू लोड रहेको ट्रकहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उक्त मुल्य बराबरको कपडा, औषधी तथा खुद्रा सामानहरू लोड रहेको दुई ट्रक नियन्त्रणमा लिएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित सडकखण्डबाट अ.मु.रू.१ करोड ३७ लाख ५८ हजार ८ सय ४२ बराबरका कपडा, औषधी तथा खुद्रा सामानहरू लोड रहेको प्रदेश २–०३–००१ ख ६९८६ र ना.७ ख १६५४ नम्बरको ट्रक नियन्त्रणमा लिइ आवस्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रनाउ थापाले जानकारी दिनु भयो ।
त्यसै गरी प्रहरी टोलीले वी.म.न.पा.वडा नं.१६ ईदगाह चोक स्थितबाट अं.मु.रू.१ लाख ५४ हजार ६ सय बराबरको कालो सखड, काउली बदाम र ईनो लगायतका सामानहरू नियन्त्रणमा लिई आवस्यक कारवाहीको लागी मंगलवार वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको उहाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -