सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ जेठ ।
सशस्त्र प्रहरी बल पर्सा अन्तरगतका विभिन्न युनिटहरुले भन्सार छलिका सामान र अवैध काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्सा अन्तर्गतका विभिन्न युनिटहरुबाट खटिएका टोलिले रु. ११ लाख ३ सय ५० मुल्य बराबरको भन्सार छलिका सामान र रु. २ लाख मुल्य बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएका छन् ।
प्र.सि.सु गुल्म वीरगंजबाट खटिएको टोलिले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित भन्सार ब्यारियरमा ना २ ह ६०७२ नं.को अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा फल्स बटम बनाई लुकाई छिपाई ल्याउदै गरेको कुर्था सुरुवाल सहित अटो नियन्त्रणमा लिएको जनाइएको छ ।
गुल्मले वी.म.न.पा. वडा नं. २५ ड्राईपोर्ट नजिकबाट अबैध रुपमा नेपालबाट ठेलामा लोड गरी भारततर्फ लैजादै गरेको ट्रकको डिस, पुरानो ब्याट्री लगायतका कवाडहरु नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
वी.म.न.पा. वडा नं. २ भकुवाबाट बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलिले कपडा नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ ।
बि.ओ.पि. ड्राईपोर्टबाट खटिएको टोलीले वी.म.न.पा. वडा नं. २५ बहुअरी चोकबाट मोटर साईकलको साईड लाईट १५४ पिस नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साले जनाएको छ ।
त्यस्तै प्र.सी.सु. गुल्म अलौबाट खटिएको टोलीले वी.म.न.पा. वडा नं. १७ अलौबाट कपडा, हार्डवयर र किराना सामान नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
यसरी नै प्र.सी.सु.गुल्म भिखमपुरबाट खटिएको टोलिले जगरनाथपुर गा.पा. वडा नं. २ दसौताबाट द्यच् द्दद्द द्यन् ठद्दघघ नं.को मो.सा.मा ल्याउदै गरेको बिभिन्न किसिमका आयुर्बेधिक औषधीहरु र उक्त मो.सा. नियन्त्रणमा लिइ भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साले सुरक्षा बेश बेलवाबाट खटिएको टोली र सब डिभिजन बन कार्यलायबाट खटिएको टोलिले पर्सागढी न.पा.–४ भेडा खोलाको किनारबाट अबैध रुपमा जंगलबाट कटान गरी भेडाहा खोलाको किनारमा लुकाई छिपाई राखेको ८० क्यू. फिट सालको गोलिया नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि सब– डिभिजन बन कार्यालय सबैयामा बुझाईएको जनाएको छ ।
Facebook Comments Box