सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०७ जेठ ।
सशस्त्र प्रहरी बल पर्सा मातहतका कार्यालयले पछिल्लो २ दिनमा १४ लाख मुल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्सा अन्तर्गतका विभिन्न युनिटहरु बाट खटिएका टोलिले शनिवार र आइतवार गरी रु १३ लाख ९३ हजार ५ सय ४० मुल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको हो ।
गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएका छन् । प्र.सि.सु गुल्म वीरगंजबाट खटिएको टोलिले शनिवार वीरगंज महानगरपालिका वडा नं. २ स्थित भकुवा ईलाकाबाट रु ६ लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साले जनाएको छ ।
त्यसै गरी भन्सार मेनगेट वरपरको ईलाकाबाट रु.७ लाख ६९ हजार ८ सय १२ मुल्य बराबरको भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको विभिन्न किसिमका किराना सामान, कपडा, प्रतिबन्धित ब्रोईलर कुखुरा, ईलेक्ट्रोनिक्स र हार्डवेयरका सामान तथा कपडा ओसारपसारमा प्रयोग गरिएको द्यच् ण्छ ब्ऋ द्दज्ञद्धछ नम्बरको मो.सा. र ना २ ह २६३२ नम्बरको अटो समेत बरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालयमा बुझाएको जनाइएको छ । यसरी नै वि.ओ.पि भिष्वा तथा वि.ओ.पि. महादेवपट्टिबाट खटिएको टोलिले २३ हजार ७ सय २८ मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साले जनाएको छ ।
Facebook Comments Box