सहारा दैनिक

spot_img
Homeदेशमधेशआठ गांठ कपडा बढि लोड रहेको ट्रक विना कैफियत छुट्यो

आठ गांठ कपडा बढि लोड रहेको ट्रक विना कैफियत छुट्यो

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ जेठ ।
राजस्व छली नियन्त्रण एवं अनुसन्धान गर्न स्थापित राजस्व अनुसन्धान कार्यालय नै तस्करहरुको आर्थिक प्रभावमा चुर्लुम्म डुबेको भन्ने चलेको चर्चालाई पुष्टि गर्ने एक घट्ना प्रकाशमा आएको छ ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाका केही अधिकृतहरु बाटै पर्सा र बारा जिल्ला लगायतबाट हुने भन्सार छलीका गतिविधिले संरक्षण पाउने गरेको चर्चालाई पुष्टि हुने गरी शनिवार नियन्त्रणमा लिएको ना ७ ख ६९५६ नम्बरको मिनि ट्रक र यस अघि बैशाख तेश्रो साता पर्सा प्रहरीले नियन्त्रणमा लिएर बुझाएको मधेश प्रदेश ०३–००२ ख १०५ नम्बरको मिनि ट्रक चेकजांचमा चलखेल भएको समाचार बुझिन आएको छ ।
शनिवार वीरगंज भन्सार कार्यालय (आइसिपि) बाट जांच पास भए पछि विनोद रोडवेजको ना ७ ख ६९५६ नम्बरको मिनि ट्रकमा तस्करहरुले थप आठ गांठ कपडा राखेर काठमाण्डौं तर्फ लैजांदै गरेको सुचना राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख प्रेम देवकोटालाई प्राप्त भए पछि नियन्त्रणमा लिइएको थियो ।
उक्त मिनि ट्रकमा आठ गांठ कपडा प्रज्ञापन एवं विल विजक भन्दा बढि रहेको सुचनाको आधारमा नियन्त्रणमा लिइए पनि राजस्व अनुसन्धान कार्यालय पथलैयाका सुचना अधिकृत प्रमोद चौधरीको सम्नवयमा विनोद रोडवेजका कर्मचारी बद्रि मार्फत डकुमेन्ट मगाएर मिलान गरी आइतवार चेकजांचको नाटक मञ्चन गरी आर्थिक लेनदेनको आडमा छाडिएको समाचार श्रोतले जनाएको छ ।
उक्त मिनि ट्रकमा विल विजक भन्दा बढि मालसामान रहेको भए पनि कसरी कैफियत नै नदेखाइ छाड्न लागेको बारे राजस्व प्रमुख देवकोटा संग जिज्ञासा राख्दा उनले बढि भएको मालसामानको पछि जांचपास गराएको कागजात पेस गरेकोले छाडिएको बताए ।
सोही मिनि ट्रक बारे सुचना अधिकारी प्रमोद चौधरी संग जिज्ञासा राख्दा उनले प्रहरीले नियन्त्रणमा लिएर बुझाएको मिनि ट्रकमा कैफियत नदेखे पछि छाड्न लागेको बताए ।
यस अघि बैशाखको तेश्रो साता पर्सा प्रहरीले नियन्त्रणमा लिएर राजस्व कार्यालयमा बुझाएको कपडा लोड रहेको मधेश प्रदेश ०३–००२ ख १०५ नम्बरको मिनि ट्रक पनि चेकजांचको नाटक मञ्चन गरी आर्थिक चलखेल गरी कैफियत नदेखाइ छाडिएको चर्चा चरम उत्कर्षमै छ ।
राजस्व अनुसन्धान कार्यालयले चेकजांच गर्दा कुनै निकायको प्रतिनिधि सहभागि गराइने प्रचलन नरहेकै कारण कर्मचारीहरुले मनोपोली ढंगले आर्थिक प्रभावमा राजस्व छली कार्यलाई संरक्षण गर्दै आएको जानकारहरु बताउछन ।
राजस्वका सुचना अधिकारी चौधरीले राजस्व अनुसन्धान कार्यालयमा चेकजांचको लागी आउने मालबाहक सवारी साधनका धनी एवं व्यवसायीक फर्म तथा ट्रान्सपोटरहरुलाई मेस खर्च वापत मासिक दिनु पर्ने दवाव एका तिर दिन्छन भने मालसामानमा केही कैफियत फेला परे पनि बिना कैफियत (क्लिन चिट) दिन आवस्यक कागजात मिलानका लागी सुझाव दिएर छुट्टै मोलमोलाई गरेर असुली गर्ने गरेको चर्चा पनि उतिकै छ ।
स्मरण रहोस यस अघि यि नै प्रमोद चौधरी र सुब्बा रवी नेपालीले नष्ट गर्नु पर्ने सामानहरु संजय गुप्तालाई विक्रि गरेको समाचार पनि सार्वजनिक भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -