सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ जेठ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
जनता समाजवादी पार्टी पर्साले शनिवार वीरगंजमा आयोजना गरेको सम्मान तथा अगुवा कार्यकर्ता भेलामा मन्त्री यादवले यस्तो बताउनु भएको हो ।
उहाले सरकारी अस्पतालबाट वितरण गरिने औषधोपचार सेवाको गुणस्तरसँगै अवश्यकताका आधारमा सरकारी अस्पतालमा विशेषज्ञ सेवासमेत सञ्चालन गर्ने सोचका साथ सरकार अगाडि बढिरहेको बताउनुभयो ।
नारायणी अस्पताल वीरगंजको बजेट बढाउने तयारी भइरहेको जानकारी दिंदै मन्त्री यादवले नारायणी अस्पतालमा चाँडै क्यान्सर रोगीको उपचारको व्यवस्था गर्ने तयारीमा समेत सरकार रहेको जानकारी दिनु भयो ।
जसपा पर्साका संयोजक एवं बहुदरामाई नगरपालिकाका मेयर सिंघासन साहको सभापतित्वमा आयोजित कार्यक्रम्ममा जसपा मधेस प्रदेशका संयोजक अशोक यादव, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले मनतव्य व्यक्त गरेका थिए ।
Facebook Comments Box