सुनसरी, ५ जेठ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले आगामी २०८४ को निर्वाचनमा पार्टीलाई एक नम्बरको बनाउनु पर्नेमा जोड दिएकी छिन ।
मन्त्री चौधरीले एमालेलाई एक नम्बर बनाउन पार्टीभित्रका आन्तरिक समस्याको अन्त्य गर्दै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिएकी हुन ।
नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सुनसरी जिल्ला हरेक हिसाबले सम्पन्न जिल्ला भएको भन्दै पार्टीको अवस्था पनि राम्रो भएको जिल्ला भएकाले पार्टीभित्र रहेका केही आन्तरिक समस्या हल गर्न सके आगामी निर्वाचनमा पार्टीलाई एक नम्बर बनाउन कुनैपनि तत्वले रोक्न नसक्ने बताइन ।
अहिले पनि संघ र प्रदेशको सरकारमा कुनै न कुनै रूपमा एमाले नेतृत्वमा रहँदै आएको भन्दै उनले सरकारको नेतृत्वमा बसेका मुख्यमन्त्री, मन्त्रीहरूले जनताले आस गरेको परिणाममुखी कामहरू, जनताले आस गरेको कामहरू गर्नुपर्छ भनेर पार्टी नेतृत्वले सधैँ भन्दै आएकाले त्यस अनुसार संघ तथा प्रदेश सरकारमा सहभागी मुख्यमन्त्री, मन्त्रीहरूले काम गर्नुपर्नेमा जोड दिइन ।
उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सार्नुभएको “सुखी नेपाली समृद्ध नेपाल” भन्ने नारालाई सार्थक बनाउनका निम्ति अहिले पनि हामी लागिरहेको बताउदै हामी संघ तथा प्रदेश सरकारमा विभिन्न भूमिकामा रहेका मुख्यमन्त्री, मन्त्रीहरूले पनि त्यसअनुसार भूमिका खेल्न आवश्यक छ भनिन ।
उनले २०८४ सालमा पहिलो पार्टी बनाउने अभियान पार्टीले लिएको भन्दै मिसन ग्रासरूट हुँदै, झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडि केन्द्रित अभियान सम्पन्न गर्दै अहिले हामी मिसन ८४ को अभियानमा रहेको बताइन ।
Facebook Comments Box