सहारा दैनिक

spot_img
Homeदेशमधेशजसपा पर्साद्वारा भर्त्सना

जसपा पर्साद्वारा भर्त्सना

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०५ जेठ ।
नेपाल विद्यार्थी संघले शुक्रवार गरेको विरोध प्रदर्शनका क्रममा उत्पन्न भएको झडपको स्थिति प्रति जनता समाजवादी पार्टी पर्साले भर्त्सना गरेको छ ।
जसपा पर्साका संयोजक सिंहाशन साह तेलीले शनिवार एक प्रेस विज्ञप्ती जारी गरी वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको नितान्त व्यक्तिगत विषयलाई लिएर एक समुहले वीरगंजको शान्ती भंग गर्ने र वातावरण विगार्ने काम गर्दै असभ्य, उदण्ड र गैरकानुनी हर्कतलाई गम्भिर रुपमा लिइ घोर भर्त्सना गरेको छ ।
तेलीले जारी गरेको विज्ञप्तीमा जसपाका केन्द्रिय सदस्य तथा वीरगंज महानगरपालिकाको प्रमुख सिंहको नितान्त व्यक्तिगत विषयमा केहि संचारगृहले कतिथ समाचारको नाममा पस्केको भ्रम र सोहि विषयलाई लिएर पार्टीको आडमा वीरगंजमा सक्रिय भूमाफीया, दलाल, आपराधिक क्रियाकलापमा संलग्न रही दोहोरो नागरिकता लिई राज्य विरुद्दको अपराधमा अदालतमा मुद्दा खेपिरहेका व्यक्तिहरुको झुण्डले नेपाल सरकारको अनेकन निकायमा उजुरी दिएको र राज्यको भए भरका निकायहरुमा उजुरी गरीसकेपछि सोहि विषयलाई लिएर सो समुहले दैनिक वीरगंजको शान्ति भंग गर्ने र समग्र वातावरण विगार्ने काम गर्दै आएको उल्लेख छ ।
विज्ञप्तीमा सरोकारवाला विषयमा विरोध गर्नु लोकतन्त्रमा जायज भएपनि न्याय निरुपणको प्रकृयामा गईसकेको विषयलाई सडकबाटै छिनोफानो गर्ने र दोषि करार गर्न खोज्ने कार्यलाई कदापि स्वीकार गर्न सकिादैन भनिएको छ ।
विज्ञप्तीमा हिजो वीरगंजमा व्यक्तिगत सवारी साधनमा आगजनी गर्ने प्रयासमा संलग्न भएकाहरुलाई प्रहरीले लाठिचार्ज गर्दा घाईते भएको विषयलाई जसपाका कार्यकर्तासंग झडप भएको भनी अतिरञ्जना फैलाईएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
वीरगंज महानगर प्रमुखको समर्थनमा नाराबाजि गरेका हाम्रा कार्यकर्तालाई नेपाली कांग्रेसको क्षेत्रिय सभापती भनिएका व्यक्तिसमेतको संलग्नतामा लाठि, हेलमेट प्रहार गरेको कार्यको घोर भर्त्सना गर्दै संलग्नहरुलाई कानुनी कारवाही गर्न स्थानीय प्रशासन संग विज्ञप्ती मार्फत माग समेत गरेको छ ।
लोकतान्त्रिक भनिएको नेपाली कांग्रेसको क्षेत्रीय सभापती जस्तो व्यक्ति स्वयंले सर्वसाधारणको सवारीमा आगजनी गर्ने प्रयास गरेको र उक्त कार्यको भिडियो प्रमाण समेत सामाजिक सञ्जालमा आईसकेकोले निजलाई तत्काल पक्राउ गरी कारवाहि गर्न पनि विज्ञप्ती मार्फत जसपा संयोजक तेलीले माग गर्नु भएको छ ।
विज्ञप्तीमा राजनितिको खोल ओडेको एउटा व्यक्ति र उसको पारिवारिक रिसको सिकार समग्र वीरगंज हुन सक्दैन । यहाँको व्यापार व्यवसाय, बजार व्यवस्थापन र नगरवासीको अमन चयन दैनिकरुपमा निजहरुको उदण्डता र गैरकानुनी हर्कत झेल्न बाध्य नभएको उल्लेख गर्नुको साथै निजहरुको उल्लेखीत गतिविधि नरोकिए जनता समाजवादी पार्टी कडा प्रतिकार गर्न बाध्य हुने विज्ञप्ति मार्फत चेतावनी पनि दिएको छ ।
कांग्रेसका भातृ संगठन नेविसंघले शुक्रवार सांझ मेयर सिंहको विरोधमा गरेको प्रदर्शनका क्रममा र जसपाका कार्यकर्ता विच झडप हुने अवस्था सृजना भए पछि प्रहरीले हस्तक्षेप गर्दै लाठी चार्ज गरेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -