सहारा दैनिक

spot_img
Homeसमाचारवर्तमान पत्रकारिताले समाजको यथार्थ चित्रण गर्न सकेन

वर्तमान पत्रकारिताले समाजको यथार्थ चित्रण गर्न सकेन

झापा, ५ जेठ (रासस)
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले वर्तमान पत्रकारिताले समाजको वास्तविक यथार्थ चित्रण गर्न नसकेको बताउनुभएको छ ।
झापाको कनकाई नगरपालिकाको सुरुंगामा नेपाल पत्रकार महासंघ झापा शाखाले आज आयोजना गरेको सञ्चार नीतिसम्बन्धी छलफलमा कार्यकारी अध्यक्ष झाले समाज रुपान्तरणलाई केन्द्रमा राखेर पत्रकारिता गर्न नसक्दा समाजको यथार्थ चित्रण हुन नसकेको बताउनुभएको हो ।
उहाँले पत्रकारहरुलाई सत्य, तथ्य बुझेर सही सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो । “आजको पत्रकारिता लेनदेनमा गयो”, उहाँले भन्नुभयो, “यसले हाम्रो गरिमा घटाउँछ ।” कार्यकारी अध्यक्ष झाले आफ्नो क्षमता अभिवृद्धि गरेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।” सरकारले पत्रकारितासम्बन्धी ऐन, कानुन समयमै बनाउन नसक्दा पत्रकार र सञ्चार क्षेत्रमा समस्या आउने गरेको उहाँले बताउनुभयो ।
पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारिताको साख जोगाउन कठिन भएको बताउनुभयो । उहाँले विकाउ पत्रकारिताभन्दा पनि टिकाउ पत्रकारितालाई प्राथमिकतामा राखेर काम गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले सहजीकरण गर्नुभएको ऊक्त कार्यत्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री लीलाबल्लभ अधिकारी, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललगायत वक्ताले नेपाल पत्रकारिताका विविध आयामबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेशका १४ जिल्लाका पत्रकारको सहभागिता छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -