धनुषा, ३ जेठ (रासस)
जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकले विश्वासको मत ३० दिनभन्दा अगावै लिने निर्णय गरेको छ ।
आज जनकपुरधाममा बसेको दलको बैठकले आफ्नो पार्टी मधेश प्रदेशको सरकारमा सहभागी भइरहने निर्णय भएको प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिनुभयो ।
उहाँले सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने बुँदाका विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।
Facebook Comments Box