सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ जेठ ।
सशस्त्र प्रहरी बल पर्सा मातहतका कार्यालयहरुबाट खटिएको टोलीले लाखौं मुल्य बराबरको भन्सार छलिका सामान बरामद गरेको छ ।
प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट वरापरको ईलाकाबाट ५ लाख १० हजार ६ सय ५ मुल्य बराबरको अबैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ ल्यााउदै गरेको कपडा, डिनर प्लेट र किराना सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
त्यसै गरी प्र.सी.सु गुल्म अलौबाट खटिएको टोलीले वी.म.न.पा. वडा नं. १७ स्थित अलौबाट अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको रु.१ लाख १० हजार ४ सय ८० मुल्य बराबरको कपडा तथा किराना सामान नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड्क्वाटर पर्साले जनाएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बलको गस्ति टोलीले विन्दवासिनी गा.पा. वडा नं. ३ छटिघाटबाट बरामद गरेको चामल र प्याज सहित आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।
Facebook Comments Box