सहारा दैनिक

spot_img
Homeदेशमधेशआफ्नै छोराको हत्या गरी फरार आरती पक्राउ

आफ्नै छोराको हत्या गरी फरार आरती पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०३ जेठ ।
पर्सा प्रहरीले आफनै पाँच महिने छोराको हत्या गरी फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १७ अलौ निवासी अमरजित कुमारकी २२ वर्षीया श्रीमती आरती कुमारीलाई छोरा हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
आरतीले गत वर्ष २०८० साउन २७ गते घरमा कोही नभएको बेला आफ्नै पाँच महिनाको छोरालाई घांटी थिचेर हत्या गरी फरार भई भारत पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आईरहेकी थिइन ।
सो घट्नामा पर्सा जिल्ला अदालतबाट २०८० कार्तिक १९ गते आरती कुमारी भएको ज्यान सम्बन्धी ( कर्तव्य ज्यान ) मद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी आरती कुमारी वीरगंजमा घुमफिर गरिरहेको भनि बिशेष सूचनाको आधारमा खोजतलास गर्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
प्रहरी टोलीले आरतीलाई २०८१ जेठ १ गते वीरगंज महानगरपालिका वडा नं.१३ मा फेला पारी पक्राउ गरेर आवश्यक कारबाहीको लागि थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -