सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ जेठ ।
भारतको अयोध्यास्थित राम मन्दिरका मुख्य आचार्य दुर्गा प्रसाद गौतमले वीरगंजका धार्मिक स्थलमा दर्शन गर्नु भएको छ ।
मुख्य आचार्य गौतमलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजका विभिन्न धार्मिक स्थलको दर्शन गराउनु भएको हो ।
वीरगंजको घडिअर्वास्थित रामजानकी मन्दिरसंगै, गीता मन्दिरमा दर्शन गराइएकोमा मुख्य आचार्य गौतमले मेयर सिंहले गरेको कार्यको सह्राना गर्नुभयो ।
उहाले वीरगंजमा भइरहेको धार्मिक स्थलको संरक्षण तथा सौन्दर्यकरणको काम अत्यन्तै प्रसंशनीय छ भन्नु झयो ।
धार्मिक स्थलको अतिक्रमण मुत्त गर्नु र संरक्षण तथा प्रबर्द्धन गर्न वीरगंज महानगरले थालेको कदम अनुसरणीय रहेको बताउदै उहाले वीरगंजमा धार्मिक पर्यटनको बलियो सम्भावना रहेको बताउनुभयो ।
मुख्य आचार्य गौतमले वीरगंज महानगरसंगै अयोध्याको स्थानीय तथा प्रदेश सरकारबीच आपसी समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । अयोध्या आउने दर्शनार्थीलाई वीरगंज पुग्ने र यहाँका धार्मिक स्थलको दर्शन गर्ने वातावरण निर्माण गर्नुका साथै यहाँका व्यक्तिलाई अयोध्या पुग्ने माहोल बनाउनुपर्नेमा उहाले जोड दिनु भयो ।
सो अवसरमा वीरगंज महानगरपालिकाका मेयर सिंहले अझै धेरै काम बांकी रहेको बताउनु भयो ।
उहाले वीरगंज महानगरपालिकालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी काम भइरहेको बताउनु भयो ।
सो अवसरमा वीरगंज महानगरपालिकाका सद्भावना दूत अशोक वैद्य, मेयरका प्रेस सल्लाहकार महेश दास, जनसम्पर्क सल्लाहकार नवराज फुयााल लगायतको सहभागिता रहेको थियो ।
Facebook Comments Box