सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०१ जेठ ।
सशस्त्र प्रहरी बल पर्साले लाखौं मुल्य बराबरको भन्सार छलीका सामान तथा नगद रकम सहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंजबाट खटिएको टोलिले वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट ईलाकाबाट भन्सार छलिका सामानहरु र नगद भारतीय रुपैया सहित एक महिलालाई नियन्त्रणमा लिएको हो ।
भन्सार मेनगेट तथा बांसझ्यांग इलाकाबाट मंगलवार भन्सार छलि अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको रु. ७ लाख २१ हजार ६ सय ९० मुल्य बराबरको किराना सामान, कस्मेटिक्स, लत्ताकपडा र मोटरपार्टस बरामद गरी आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रमुख सप्रउ राधेश्याम धिमालले जानकारी दिनु भयो ।
त्यसै गरी प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलिले भन्सार चेकप्वाईन्ट ईलाकाबाट भारतबाट नेपालतर्फ पैदल आउदै गरेकी पर्सा जिल्ला छिपहरमाई गा.पा. बस्ने एक महिलाले बोकेको झोला चेकजाँच गर्ने क्रममा निजले झोलामा लुकाई छिपाई ल्याउदै गरेको भारतिय रुपैया (५०० दरको ३१० थान) १ लाख ५५ हजार फेला परेको सप्रउ धिमालले जानकारी दिनु भयो । उक्त भारतीय रुपैया सहित निज महिलालाई पनि आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको उहाले जानकारी दिनु भयो ।
भन्सार छलीका सामान तथा भा.रु. सहित १ महिला पक्राउ
Facebook Comments Box