सहारा दैनिक

spot_img
Homeप्रमुख समाचारचित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी सम्पन्न

चित्रकार रन्जु यादवको अन्तर्राष्ट्रिय एकल मिथिला चित्रकला प्रदर्शनी सम्पन्न

सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, ३१ बैशाख ।
प्रसिद्ध मिथिला चित्रकार रन्जु यादवको डेनमार्कको राजधानी कोपनहेगनमा अन्तर्राष्टिूय एकल मिथिला चित्रकला प्रदर्शनी सम्पन्न भएको छ ।
कोपनहेगन स्थित नेपाली भान्छाको ग्यालेरीमा बैशाख २९ र ३० गते दुई दिवसीय चित्रकला प्रदर्शनी आयोजना गरिएको हो ।
नेपाली दुतावास डेनमार्क, एनआरएनए डेनमार्क र रेस्टुरेन्ट नेपाली भान्छाले संयुक्त रुपमा आयोजना गरिएको प्रदर्शनीको डेनमार्कका लागि नेपाली राजदूत प्रा.डा.रामस्वार्थ रायले उदघाटन गर्नु भएको प्रदर्शनीको उद्घाटन गर्नु भएको थियो ।
प्रदर्शनीमा चित्रकार यादवका नेपालको समाज र संस्कृति झल्किने खालका ३२ वटा मिथिला चित्र राखिएको थियो ।
यसअघि चित्रकार यादवले कोपनहेगनमै नेपाली र भारतीय बालबालिकालाई शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएकी थिइन् । एनआरएनए डेनमार्कले आयोजना गरेको चित्रकला कार्यशालामा करिब पचास जना प्रशिक्षार्थी सहभागी थिए । आफ्ना बालबालिकालाई लिएर कार्यशालामा आएका अभिभावकहरुले पनि चित्रकार यादवसंग मिथिला चित्र कोर्न सिकेका थिए ।
नेपालको प्रतिष्ठित राष्ट्रिय ललितकला पुरस्कारबाट सम्मानित चित्रकार यादव ३३ दिवसीय युरोप कला याक्राको त्रममा अहिले डेनमार्कमा छिन् । डेनमार्कपछि उनी स्वीडेनको भ्रमणमा जाने बताइएको छ । त्यसपछि उनको गन्तव्य फिनल्याण्ड हुने छ । त्यहाँ एनआरएनए फिनल्याण्डको आयोजनामा चित्रकार यादवको अर्को अन्तर्राष्ट्रिय एकल चित्रकला प्रदर्शनी जेठ ६ गते सम्पन्न हुनेछ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -