सहारा दैनिक

spot_img
Homeसमाचारसंघीय शिक्षा ऐन आउनुपर्छ–मन्त्री चौधरी

संघीय शिक्षा ऐन आउनुपर्छ–मन्त्री चौधरी

सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, २९ बैशाख ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताएकी छिन ।
एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन ।
विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाई अपनाउन आग्रह गरिन ।
संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उनले अबको शिक्षण सिकाई बालबालिकामैत्री हुनुपर्ने बताइन । संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ । केही कुराहरू स्थानीय तहअनुसार फरक–फरक व्यवस्था गर्न पाउने व्यवस्था छ भन्दै उनले राज्यको संरचना अनुसार तिनै तहमा शिक्षाका केही विषयहरू एक खालको हुनुपर्नेमा जोड दिइन ।
पाठ्यक्रमहरू पनि जीवन उपयोगी, अहिलेको टेक्नोलोजी अनुसार हुनुपर्छ । विद्यालय, माध्याहिृनक विद्यालय विद्यालय स्थानीय तहमै हुने भएकोले केही केही अधिकार स्थानीय तहमै गएको छ । बालबालिका केन्द्रित शिक्षण सिकाइ हुन आवश्यक रहेको उनले बताइन ।
शिक्षण सिकाई बालबालिका केन्द्रित हुनुपर्छ भन्दै पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ । त्यसपछि मात्रै बच्चाले राम्रोसंग सिक्न सक्छ । अब हामीले जीवन उपयोगी शिक्षाहरू पनि समावेश गर्न आवश्यक छ मन्त्री चौधरीले भनिन ।
हरेक अभिभावकले शिक्षा र स्वास्थ्य दिन चाहन्छ । चाहे जस्तोसुकै आर्थिक अवस्थाको अभिभावक होस् तर उसले आफ्नो बच्चाको शिक्षा र स्वास्थ्य जसरी हुन्छ राम्रै दिन चाहन्छ । त्यसैले हामी सबैले कसरी हुन्छ बालबालिकालाई राम्रो शिक्षा दिन आवश्यक छ भनिन ।
सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उनले विद्यालयमा राजनीतिकरण भएका कारण पनि समस्या उत्पन्न भएको हुनसक्ने बताइन । सरकारी विद्यालयको स्तर खस्किएको छ । शिक्षामन्त्री ज्यूले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या भएको भन्नुभएको छ । अलिकति राजनीतिकरण बढी भएर त्यस्तो समस्या भएको पनि हुन सक्छ । सरकारी स्कुलमा केही न केही बेथिति छन् । त्यसलाई हामी सबैले सच्याउनुपर्छ मन्त्री चौधरीको भनाइ छ ।
मन्त्री चौधरीले तपाईाको बच्चा बन्न स्कुल परिवार पनि जिम्मेवार हुन्छ संगै अभिभावकको पनि उत्तिकै जिम्मेवारी हुन्छ । यी दुवै कुरामा तालमेल नमिले बच्चाको पढाइ राम्रो हुंदैन । विदेशमा आफ्नो बालबालिकालाई सुरक्षित राख्नका निम्ति ट्रर्‍याकिङ सिस्टम प्रयोग गर्ने गरेको भन्दै उनले बालबालिकाहरूलाई त्यसरी सुरक्षित राख्न सके राम्रो हुने बताइन ।
विभिन्न पक्षबाट अन्यायमा परेका, हिंसामा परेका, विभिन्न अपराधजन्य कार्यमा संलग्न भएर तथा परिबन्धमा परेका बालबालिकाहरूको न्याय निरूपणका निम्ति छुट्टै बाल अदालतको आवश्यकता रहेको बताउदै मन्त्री चौधरीले अहिले बच्चाहरू पनि विभिन्न माध्यमबाट प्रताडित छन् । ती सबै बालबालिकाको संरक्षण गर्दै अगाडि बढ्नुपर्ने छ । हाम्रो मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बालअधिकार परिषद्ले यस क्षेत्रमा काम गर्दै आएको बताइन ।
विद्यालयका प्रिन्सिपल यमनाथ मैनालीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । त्यस अवसरमा शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्ति तथा शिक्षकहरूलाई सम्मानित गरिएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -