सहारा दैनिक

spot_img
Homeईपेपर९० लाख बराबरको अवैध सामान नियन्त्रण

९० लाख बराबरको अवैध सामान नियन्त्रण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २६ बैशाख ।
पर्सा प्रहरीले खाद्यान्न, कपडाहरू, खुद्रा र औषधीहरू सहित एक ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएको खाद्यान्न, कपडाहरू, खुद्रा र औषधीहरू सहित एक ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ घण्टाघर स्थित सडकखण्डबाट अ.मु.रू.८७ लाख ५० हजार ४ सय १५ बराबरका खुद्रा तथा औषधीहरू लोड रहेको ना.६ ख ३८६१ नम्बरको ट्रक नियन्त्रणमा लिइ आवस्यक कारवाहीको लागी रा९० लाख बराबरको अवैध सामान नियन्त्रणजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
त्यसै गरी वी.म.न.पा.वडा नं. १६ रजतजयन्ती चोकबाट रु.२ लाख ८७ हजार ५ सय मुल्य बराबरको खाद्यान्न तथा कपडाहरू नियन्त्रणमा लिई आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रनाउ थापाले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -