सहारा दैनिक

spot_img
Homeदेशमधेशलाखौं मुल्य बराबरको अवैध सामान भन्सार दाखिला

लाखौं मुल्य बराबरको अवैध सामान भन्सार दाखिला

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ बैशाख ।
सशस्त्र प्रहरी बल पर्साले बरामद गरेको लाखौं मुल्य बराबरको भन्सार छलिका सामानहरु भन्सार कार्यालयमा दाखिला गरेको छ ।
प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट वरपरको ईलाकाबाट चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको भन्सार छलिका सामानहरु भन्सार दाखिला गरेको हो ।
प्र.सी.सु.गुल्म बीरगंजबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा अबैधरुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडा, कस्मेटिक र किराना सामानहरु सहित ओसार पोसारमा प्रयोग गरिएको १ वटा स्कुटर नियन्त्रणमा लिइ अ.मु. रु ५ लाख ५० हजार ८ सय ७० मुल्यांकन गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्क्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -