सहारा दैनिक

spot_img
Homeदेशमधेशसर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत

सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत

सर्लाही, २२ वैशाख (रासस)
सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ ।
आज विष्णु गाउँपालिका १, बाराउद्योरण स्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दीपेन्द्र शाहले पीडितपरिवारलाई कम्बल, तन्ना, सिरानी, थाल, कचौरा, गिलास पानीको बोटललगायत राह सामग्री प्रदान गर्नुभयो ।
राहत वितरण कार्यक्रममा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय यादवले आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले ज्यानको बाजी राखेर सहयोग गरेकामा धन्यवाद दिनुभयो । उहाँले विपद् तथा सीमा सुरक्षामा सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गर्नुभयो ।
राहत वितरणमा सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, प्रस्तावित सीमा सुरक्षा गुल्म सिमराका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज खड्का, बोर्डर आउट पोष्ट (बिओपी) बाराउद्योरणका सशस्त्र प्रहरी निरीक्षक सुवासचन्द्र मैनाली, बलरा नगरपालिका(१, का वडाध्यक्ष बिकाउ ठाकुरलगायतको उपस्थिति थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -