सहारा संवाददाता–––––––––––––––
वीरगंज, २० बैशाख ।
सशस्त्र प्रहरी बल पर्सा मातहतकाले लाखौं मुल्य बराबरको मदिरा र भन्सार छलिका सामानहरु बरामद गरी भन्सार दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगंजबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा बरामद गरेको मदिरा र भन्सार छलिका सामानहरु वीरगंज भन्सार कार्यालयमा बुझाएको हो ।
प्र.सी.सु. गुल्म बीरगंजबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित भन्सार मेनगेट वरपरको ईलाकाबाट बिहिवार चेकजांचका क्रममा नेपालबाट भारततर्फ भन्सार छली गरी लैजांदै गरेको मदिरा सहित द्यच् ०५ ब्भ् ४५१० नम्बरको मो.सा. र भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदै गरेको किराना सामान, खेलैना, लत्ताकपडा, हार्डवयर, कस्मेटिक र मोबाईल पार्टसहरु नियन्त्रणमा लिई अन्दाजी रु. १५ लाख ३० हजार २ सय ८० मुल्यांकन गरी आवस्यक कारवाहीको लागी वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरी बल गण नम्बर १३ हेडक्वाटर पर्साले जनाएको छ ।
Facebook Comments Box